|  

तिता मिठा भुलेर गठबन्धनलाई जिताउन जम्कटेलको कार्यकर्तालाई निर्देशन

३० आश्विन २०७९, आईतवार १७:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विगतका तिता मिठा भुलेर गठबन्धनलाइ जिताउन सबै कार्यकर्तालाइ निर्देशन दिएका छन् । सत्ता गठबन्धनका उम्मेदवारले जित्नै पर्ने र प्रतिगनलाई हराउनै पर्ने भन्दै गठबन्धनले मात्र याे देशलाइ निकास दिन सक्ने बताउनु भयाे । माओवादी केन्द्र सिद्धलेक गाउँपालिका धादिङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा कार्यकर्तालाई निर्देशन दिँदै धादिङ क्षेत्र नं‍.१ प्रदेश (२) का उम्मेदवार समेत रहेका जमकट्टेलले प्रत्यक्ष तर्फ सत्ता गठबन्धनका उम्मेदवार र समानुपातिक तर्फ माओवादीको गोलाकार भित्र हँसिया हथौंडा भोट माग्न जनताकोमा जान निर्देशन गरेका छन्।

को उम्मेदवार छ त्यो गौंण हो । उम्मेदवार प्रति टिकाटिप्पणी छाडेर राजनीतिक दृण्टिकोण बनाई सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनु र प्रतिगमनकारीहरुलाई हराउनु माओवादीको मुख्य चुनावी लक्ष्य भएको बताउँदै नेता जमकट्टेलले समानुपातिकमा भने माओवादीलाई भोट माग्न निर्देशन गरेका हुन् । उनले तिहार अगाडी सम्म सबै वडामा निर्वाचन परिचालन समिति गठन गरि सक्न पालिकाका नेताहरु वडाको नेतृत्व गरेर चुनाव केन्द्रित बन्न समेत निर्देशन दिएका थिए ।

३० आश्विन २०७९, आईतवार १७:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस