|  

सामाजिक एकता तथा जनजागरण पार्टी धादिङ माओवादीमा केन्द्रमा समाहित

३० आश्विन २०७९, आईतवार १९:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामाजिक एकता तथा जनजागरण पार्टी नेपालका केन्द्रिय कोषाध्यक्ष चेरुङ तामाङको ने नेतृत्वमा दर्जन भन्दा बढि नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन्। आईतवार धादिङमा भएको माओवादी केन्द्रको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्प विक्रम मल्ल, शालिकराम जम्कटेल लगायतका नेताहरुले माओवादी केन्द्रमा स्वागत गरेका हुन् । सामाजिक एकता तथा जनजागरण पार्टी, नेपालका जिल्ला अध्यक्ष राजन थापामगर, विद्यार्थी जिल्ला संयोजक रोशनी तामाङ, जिल्ला महिला संयोजक डाेल्मा तामाङ, जिल्ला विद्यार्थको सचिव अञ्जली मायाँ तामाङ, पार्टिको जिल्ला कमिटी सदस्य शर्मिला तामाङ, खर्पा तामाङ, निलकण्ठ संयोजक गोपि वि.क. फुलमायाँ तामा, दिपक तामाङ, शेर ब. तामाङ, फिलिप तामाङ र फेमा लगायत माओवादी केन्द्रमा समाहित भएका छन् ।

३० आश्विन २०७९, आईतवार १९:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस