|  

धादिङमा कांग्रेसको बागी उम्मेदवार देवीकाे उम्मेदवारी निष्कृय, गठबन्धनलाइ समर्थन

१ कार्तिक २०७९, मंगलवार १३:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । धादिङ क्षेत्र नं. २ (ख) बाट बागी उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटीले गठबन्धनका उम्मेदवार जगत सिंखडालाई समर्थन गर्ने निर्णय गरेकी छिन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन गरेर जानुपर्ने पार्टीको बाध्यतालाई आत्मसात गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय पारेको जानकारी दिएकी हुन् । उक्त क्षेत्रबाट सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट जगत सिंखडा उम्मेदवार बनेका छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
पाण्डेले उम्मेदवारी चयन प्रक्रियामा अन्याय भएको लागेकोले स्वतन्त्र उम्मेदवारी दर्ता गराए पनि गठबन्धनको बाध्यतालाई आत्मसात गरेर उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
कांग्रेसले बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई कारबाही गरे पनि आत्मालोचनासहित उम्मेदवारी निस्क्रिय पारेर गठबन्धनको पक्षमा सक्रिय भए कारबाहीमा पुनर्विचार गर्नसक्ने पत्राचार गरेको थियो ।

१ कार्तिक २०७९, मंगलवार १३:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस