|  

सत्ता गठबन्धन धादिङको पालिका स्तरिय कार्यकर्ता अभिमुखिकरण शुरु

११ कार्तिक २०७९, शुक्रबार १९:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । सत्ता गठबन्धन धादिङको पालिका स्तरिय कार्यकर्ता अभिमुखिकरण कनर्यक्रम शुरु भएको छ । शुक्रबार धादिङको गजुरी, बेनिघाट रोराङ, र सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय संयुक्त कार्यक्रम सम्पन्न भएको छ । उम्मेदवार हरु विगतका तिता मिठा लाई हल गर्दै कार्यकर्तालनई एक हुन आग्रह गरेका हुन् । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे र यसै क्षेत्रको प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले धादिङमा सत्ता गठबन्धनका उम्मेदवारहरुले हार्न नहुने बताएका छन् ।

कार्यक्रममा नेताद्वयले सत्ता गठबन्धनको साझा उम्मेदवार साझा उम्मेदवार हो, जित्दा फलानो पार्टीले जित्ने नभई सत्ता गठबन्धनले जित्ने हो । गठबन्धन को चुनावि एजेन्डा जनता सामु लिएर जान कार्यकर्ता लाई निर्देशन दिएका हुन् ।

११ कार्तिक २०७९, शुक्रबार १९:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस