|  

एमाले सिद्धलेकका नेता मोतिलाल श्रेष्ठ सहित माओवादी केन्द्र प्रवेश

२० कार्तिक २०७९, आईतवार १०:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मंसिर ४ गते हुने आम निर्वाचन नजिकिए सँगै उम्मेदवारहरु जनताको घरदैलो गर्नमा व्यस्त छन् । यतिवेला विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेशको लहर चलेको छ । एमालेको आधार क्षेत्र मानिएको सिद्धलेक गाउँपालिकाको वडा नं. ६ गजुरी छापमा एमाले परित्याग गरि पूर्व जन प्रतिनिधि मोतिलाल श्रेष्ठको नेतृत्वमा तोप ब. मगर, लिला ब. मगर र लक्ष्मण बि. क. लगायत माओवादी केन्द्र प्रवेश गरेका छन् । नव प्रवेशीलाई माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं धादिङ १ प्रदेश सभा २ का उम्मेद्वार शालिकराम जम्कटेलले खादा लगायर स्वागत गर्नु भयो । स्वागत गर्दै जम्कटेलले प्रतिगमन विरोधीहरु गोलबन्द हुन अाब्हान गर्नु भयो ।

२० कार्तिक २०७९, आईतवार १०:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस