|  

बेनिघाट रोराङको स्यादुल, विधाङ र विशालटारमा शालिकरामको घरदैलो

२१ कार्तिक २०७९, सोमबार १८:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आसन्न संघ तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा व्यस्त छन् । पाँच दलिय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेल अहिले पनि प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् । चुनावी अभियानको क्रममा आज बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ६ को स्यादुल र वडा नं. ८ को विधाङमा घरदैलो सँगै कोण सभामा व्यस्त रहे । विगतमा आफुले गरेका विकास निर्माणको समिक्षा सँगै अधुरा रहेका योजनाहरु पुरा गर्न मतदातामा जम्कटेल पुगेका हुन् । गठबन्धनको निर्धारित कार्यक्रम अनुसार आज धादिङ क्षेत्र नं. १ का उम्मेदवार एवं बागमती प्रदेशका मुख्य मन्त्रि राजेन्द्र प्रसाद पाण्डे सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको प्रेस सेन्टर धादिङका अध्यक्ष राजन अधिकारीले बताउनु भयो । मन्त्री जम्कटेलले संविधानको रक्षा, स्थीरता र दिगो विकासको लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो ।

२१ कार्तिक २०७९, सोमबार १८:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस