|  

माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन

१६ पुष २०७९, शनिबार १९:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वाग्मती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

वाग्मती प्रदेशका इञ्चार्ज लगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज  काठमाण्डाैमा वसेकाे  बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उनी यसअघि पनि दलको नेता नै थिए । उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कार्यरत छन् ।

हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्य समेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको हाे ।

वाग्मती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार ९२९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुन् ।

संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

१६ पुष २०७९, शनिबार १९:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस