|  

वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेलले आज दाबी पेस गर्ने

२५ पुष २०७९, सोमबार ०६:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौँडा । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले आज प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् ।
सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको वागमती प्रदेशमा पहिलो नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएसँगै संसदीय दलका नेता समेत रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
तत्कालिन एमाले-माओवादी सरकारमा डोरमणी पौडेल क्याविनेटमा आन्तरिक मामिला तथा काूनमन्त्री रहेर ४३ महिना काम गरेका जम्कट्टेल वर्तमान सरकरको पनि आर्थिक मामिला मन्त्री रहेका छन् ।
वागमती प्रद्रेशमा एमालेका २७, माओवादी केन्द्रका २१ तथा राप्रपाको १३ गरि ६१ सिट रहेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा बागमतीमा डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।

२५ पुष २०७९, सोमबार ०६:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस