|  

बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय संचालन गर्ने

१९ माघ २०७९, बिहीबार २२:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दोलखा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले प्रदेश सरकारले छिट्टै १३ जिल्लामा एकीकृत सेवा कार्यालयको स्थापना गर्ने बताउनु भएको छ । दोलखा जिल्लाका जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरु सँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले एकीकृत सेवा कार्यालय स्थापना गरि संचालन गर्न लागेको जानकारी दिएका छन् ।
प्रदेश सरकारको कार्यालय सबै जिल्लामा सेवा कार्यालय नहुँदा जनताले सास्ती पाएका छन् । हरेक जिल्लामा प्रदेश सरकारको सबै मन्त्रालयबाट हुने काम जिल्लामा एकीकृत सेवा कार्यालय मार्फत संचालन गर्ने तयारी सरकारले गरेको हो । मन्त्रालयको सेवा लिन प्रदेशवासीलाई हेटौंडा धाउन नपरोस् भन्ने उद्देश्यले जिल्लामै कार्यालय खोल्ने विषयमा सरकारले छलफल गरिरहेको छ । यद्यपि यसको विषयमा सरकारले निर्णय भने अब बस्ने मन्त्री परिषद्को बैठकले गर्ने मुख्यमन्त्री जम्कटेलले बताउनु भयो ।
सरकारले यसलाई एउटा विकल्पको रूपमा लिएको छ। जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना हुँदा नागरिकले आफ्नै ठाउँमा सेवा लिन सक्छन्।

१९ माघ २०७९, बिहीबार २२:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस