|  

आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?

२४ असार २०८१, आईतवार ०७:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२४ असार २०८१, आईतवार ०७:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस