|  

गजुरी गाउँपालिका लेखा अधिकृत पौडेल द्वारा नमूना जिवनज्योति बालबिकास केन्द्रलाई टि.भि हस्तान्तरण

२६ असार २०८१, मंगलवार ११:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे/
गजुरी गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत,पर्वत जिल्ला फलेवास न.पा-१ कार्कीनेटा निवासी अमृतप्रसाद पौडेलले नमूना बालबिकास केन्द्रलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका छ्न।

विपन्न तथा अव्यवस्थित बस्तीका २७ जना बालबालिकाले अध्ययन गर्ने नमूना जिवनज्योति बालबिकास केन्द्रका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको पौडेलले बताउनुभयो ।

पूजनीय पिता भोलानाथ उपाध्यय,माता नयाँकुमारी उपाध्यय र स्वर्गीय दाजू तिलकान्त शर्माको स्मृतीको दिन पारेर ४३ इन्चको टि.भि.नमूना बालबिकास केन्द्रका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष फुलमाया उपरकोटी र प्र.अ.लक्ष्मी उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै पौडेलले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना समेत गरेका छ्न।कार्यक्रममा गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी,वडा सदस्य लक्ष्मी नेपाली,गजुरी गाउँपालिका सूचना अधिकृत सुबास अधिकारी,विद्यालयका प्रधानाध्यापक लक्ष्मी उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलमाया उपरकोटीले मन्तव्य राख्दै धन्यवाद सहित सम्मान गरेका थिए।









२६ असार २०८१, मंगलवार ११:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस