|  

निर्माण ब्यबसायी संघ धादिङ द्वारा गजुरी-६को चेपाङ समुदायमा खाद्यान्न सहयोग

१ असार २०७८, मंगलवार १३:११ प्रकाशित
प्रदेशहब संवादाता

भुवन भण्डारी


गजुरी/धादिङ
निर्माण ब्यबसायी संघ धादिङ द्वारा हिजो सोमबार गजुरी गाउँपालिका वडा नं.६ का निर्माण मजदुरहुरु लाई राहत वितरण गरेको छ। निमार्ण व्यवसायि महासंघ पुर्व केन्द्रीय सदस्य नारायण कुमार श्रेष्ठ,निमार्ण व्यबसायी संघ बागमती प्रदेश कोषाध्यक्ष उमेश रिजाल,र धादिङ जिल्ला अध्यक्ष रमेश कुमार श्रेष्ठ को सहयोग समन्वयमा निमार्ण व्यवसायि संघ धादिङ जिल्ला सदस्य बासुदेव जम्मकटेल को रोहवरमा दैनिकी ज्याला मजदुरि गरि छाक टार्ने २२५घरपरिवार लाई राहत स्वरूप १बोरा चामल,२केजि दाल र २केजि नुन सहयोग गरेको छ।विशेष गरि वडा नं.६को स्याङ्मेडाडा,बगौती समुदायको चेपाङ,दलित,जनजाति घरपरिवार लाई प्रदान गरिएको थियोे।

१ असार २०७८, मंगलवार १३:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस