|  

आजको राशिफल (२०८०/०४/०३ गते)

३ भाद्र २०८०, आईतवार ०६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु होला । जे काम गर्नु हुन्छ होसियारीपूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

३ भाद्र २०८०, आईतवार ०६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस