|  

बेनिघाट रोराङ-८ र १० का दुई बिद्यालयमा निर्मित शौचालय र धारा हस्तान्तरण

९ चैत्र २०८०, शुक्रबार १८:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । प्रयास नेपाल धादिङ, चाईल्ड फन्ड जापान तथा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा निर्मित तीन कोठे शौचालयसहित खानेपानी धारा हस्तान्तरण गरिएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ र १० नम्बरमा निर्माण भएका छुट्टाछुट्टै बिद्यालयमा निर्मित अपाङ तथा बालमैत्री भवन बिद्यालयलाई हस्तान्तरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।

बिषेशगरि चेपाङ समुदायको बसोबास रहेको वडा नम्बर ८ र १० को ताकथलीमा बिद्यालयमा बिद्यार्थीहरुको आवागनमलाई कसरी बृद्धि गर्न सकिन्छ भनेर छलफल तथा बिबिध संस्थाहरुले काम गरिरहेका छन् । सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको ताकथलीमा बिद्यार्थीहरुलाई उच्च शिक्षासम्म कसरी अब्बल बनाएर लैजान सकिन्छ भनेर सुधारका कामहरु भईरहेका छन् । अहिले बेनिघाट रोराङ गाउँपालिकाले चेपाङ समुदायका लागी बिभिन्न योजनाहरु ल्याएको छ । यस्ता योजनाहरु गाउँका बिद्यालयसम्म कसरी लागू भईरहेका छन् भनेर अनुगमन हुने गरेको र बिद्यालय सुधार योजनामा बिषेशगरि शिक्षकहरु नै बढी जिम्मेवारी हुने गाउँपालिका शिक्षा शाखा स्रोत ब्यक्ति रामेश्वर पोखरेलले जानकारी दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिकास प्रजाले पनि शिक्षा नै उज्यालोको बिम्ब भएकाले शिक्षामा कसैलाई पनि पाखा लगाउन नहुने र यसमा वडाले बिषेश ध्यान दिएको बताउनुभयो । चेपाङ समुदायमा आर्थिक अबस्था कमजोर हुने, आमा बुबालाई पढाउनुपर्छ भनेर चेतना नहुने लगायतका कारणले पनि पछि परिरहेको समुदायमा अब अगाडी बढ्नमा बिद्यालयमा हुने आकर्षित शिक्षाले सहयोग पुराउने बताउनुभयो । बिद्यालयमा बालमैत्री खेलमैदान, अपाङमैत्री धारा, शौचालय निर्माणपछि बिद्यार्थीहरुको आगमनपनि बढ्ने र पढाईकोस्तरमा पनि सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । बिद्यालयमा राजनिती नभई स्वच्छ रुपमा पढाई र सिकाईमा ध्यान दिनपनि निर्देशन दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले पनि शिक्षकहरुलाई बिभिन्न तालिम दिएर दक्ष बनाईएको बताउनुभयो । अहिले दुई वटा संस्था तथा गाउँपालिका आँफै संलग्न भएर काम गरिरहेका बिभिन्न बिद्यालयमा सुधारका लागी हरेक समय कार्यक्रमहरु भईरहेको बताउनुभयो । साना बालबालिकाहरुलाई धेरै होमओर्क दिने, पटक पटक परिक्षा लिने, धम्काउने लगायतका क्रियाकलाप आजैबाट छोडेर कक्षा ५ सम्म बालबालिकाहरुलाई बिद्यालयमा पनि घरेलु वाताबरणमा मायालु तरिकाले सिकाउन सकिने कुरामा जोड दिनुभयो ।
प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यालयको पाठ्यक्रममा रहेका आधारहरुलाई अनुशरण गरेर अगाडी बढे सिकाई क्रियाकलापमा कुनैपनि समस्या नहुने बताउनुभयो । साना बालबालिकाहरुलाई अहिलेबाटै परिक्षा, होमआर्क भनेर अत्याउन नहुने कुरामा जोडदिनुभयो । अहिले निर्माण भएका बालमैली तथा अपाङमैत्री शौचालय, धाराले बिद्यार्थीहरुमा थप सहजता आउनेमा जोड दिँदै जलकन्य आधारभूत बिदालयलाई वडा नम्बर १० कै नमुना बनाउन पहल समेत गर्नुभयो । साथै कार्यक्रममा शौचालय तथा धारा बिद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
जलकन्या आधारभूत बिद्यालयमा अहिले कक्षा ५ सम्म जम्मा ७८ जना चेपाङ बालबालिकाहरु अध्ययनरत रहेका छन् । प्रयास नेपाल, चाईल्डफन्ड जापान र बेनिघाट रोराङ गाउँपालिकाले बिद्यालयको लागी निकै राम्रो सुधारका कामहरु ग्रिरहेको र यो सहकार्य आगामाी दिनमा पनि बिद्यालयलाई गर्ने सहमती भएको बिद्यालयकी प्रधानाध्यापक चिजा राउतले बताउनुभयो ।
बिद्यालयमा निर्माण भएको बालमैत्री शौचालय र धारा निर्माणले मनमा हर्षसँगै बिद्यालय सुधारका अन्य योजनामा पनि हौसला थपिएको जलकन्या आबिका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष मेत बहादुर चेपाङले जानकारी दिनुभयो ।

प्रयास नेपाल, चाईल्डफन्ड जापान र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा निर्माण भएको शौचालय जम्मा १८ लाख ४ हजार ८ रुपैयामा निर्माण भएको हो भने आठ नम्बर वडामा सोहि संस्थाद्धारा १९ लाखको हाराहारीमा निर्माण सम्पन्न भएको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले जानकारीदिनुभयो ।

 

 

९ चैत्र २०८०, शुक्रबार १८:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस