|  

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउने

१२ श्रावण २०७९, बिहीबार ०७:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् । उनले एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

१२ श्रावण २०७९, बिहीबार ०७:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस