|  

‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ विश्व वातावरण दिवस मनाईदै

२३ जेष्ठ २०८१, बुधबार ०६:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २३, काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ ।

हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेको छन्, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उहाँले औँल्याएका छन् ।

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाए ।

उनले सन्देशमा भनेको छन् , “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।”

वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ ।

सफाइ र स्वच्छता चुनौती

वातावरण सफा राख्नु भनेको वरिपरि सफा राख्नु र हावाको स्वच्छ पार्नु हो भन्ने सबैलाई थाहा भएकै कुरा रहेको विभागका महानिर्देशक भूपाल बराल बताउनुहुन्छ । उहाँका अनुसार विभागले पनि वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पु¥याउन सघाइरहेको छ तर वातावरण संरक्षण मानिसको जीवनसँग अत्यन्त जोडिएको छ ।

२३ जेष्ठ २०८१, बुधबार ०६:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस