|  

क्याप्टेन बिजय लामामाथिको निलम्बन फुकुवा

१७ बैशाख २०७६, मंगलवार ०२:१३ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ। प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लमामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो।
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।
लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।
प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए।
विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण सोधेको थियो।
लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्।

१७ बैशाख २०७६, मंगलवार ०२:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस