|  

माओवादी केन्द्र गजुरीको ७ वटा वडामा अधिवेशन सम्पन्न, सर्वसम्वतमा नेतृत्व चयन

५ मंसिर २०७८, आईतवार ११:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ नेकपा (माओवादी केन्द्र)ले शनिवारको लागी तय गरेको देशभरको वडा अधिवेशी धादिङमा पनि सम्पन्न भएको छ । जिल्लाको गजुरी गाउँपालिकाको ८ वटा वडा मध्ये ७ वटा वडामा माओवादी केन्द्रले वडा अधिवेशनबाट नयाँ नेतृत्व छानेको हो । वडा नं. ४ बाहेक सबै वडामा माओवादी केन्द्रले अधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्र गजुरी का इञ्चार्ज तारा भण्डारीले बताउनु भयो ।
माओवादी केन्द्र गजुरी गाउँपालिका वडा नं. १ को अध्यक्षमा प्रताप खरेल, २ नं. वडाको अध्यक्ष भरत बराकोटी, ३ नं. वडा को अध्यक्षमा चन्द्र बि.क., ५ नं. वडाको अध्यक्षमा कृष्ण ब. मगर, ६ नं. वडाको अध्यक्षमा भक्त ब. तामाङ ‘कर्ण’, ७ नं. वडाको अध्यक्षमा किशोर अधिकारी र ८ नं. वडाको अध्यक्षमा देवराज ओझा सर्वसम्वत रुपमा चयन भएका छन् ।

५ मंसिर २०७८, आईतवार ११:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस