|  

गजुरी ८ का वडाध्यक्ष ओझाले दुर्गम गाउँ महादेव खर्कमा विद्यालय खाेले , आफ्नै तलव भत्ताबाट शिक्षीका राख्ने

२२ पुष २०७९, शुक्रबार ०८:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष देवराज ओझाले महादेव खर्कका बालबालिकाका लागि गाउँमै शिक्षिका राखेर बालकक्षा सञ्चालनको व्यवस्था गराउने भएका हुन् ।
साना बालबालिकालाई स्कूल पुग्न नै २ घण्टाको यात्रा गर्नुपर्ने समस्या भएपछि वडाध्यक्षले आफ्नो तलबबाट गाउँमै शिक्षिका राखेर बालकक्षा सञ्चालन गराउने भएका हुन । भने शैक्षिक सामग्रीको व्यवस्था भने प्रयास नेपाल धादिङले गर्ने भएको छ।
‘गजुरी गाउँपालिका वडा नम्बर ८ को महादेव खर्क (पुरानो गाउँ ऐँसेलु खर्क)का बालबालिकाहरूलाई विद्यालय जानका लागि २ घण्टाभन्दा बढी समय लाग्ने हुँदा बालबालिकाहरू शिक्षाबाट वञ्चित भएकाले मिति २०७९ माघ २ बाट बालकक्षा सञ्चालन गर्ने र अर्को व्यवस्था नभएसम्मका लागि मलाई गाउँपालिकाबाट दिने सेवा सुविधाबाट शिक्षिकाको तलब दिने र प्रयास नेपाल धादिङले शैक्षिक सामग्री उपलब्ध गराउने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरियो, वडाध्यक्ष ओझाले फेसबूकमा लेखेका छन् ।
ओझा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका वडा अध्यक्ष हुन् ।

२२ पुष २०७९, शुक्रबार ०८:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस