|  

माइतीघरमा शिक्षकहरु आन्दोलित

३ आश्विन २०८०, बुधबार १४:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौंको माइतीघरमा शिक्षकहरू आन्दोलित भएका छन् ।

सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशैभरका शिक्षकहरू आन्दोलित भएका हुन् । आन्दोलनका कारण राजधानीको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको छ ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको शिक्षक महासंघले बताएको छ ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन वार्ता आह्वान गरेको छ । तर महासंघले भने आफुहरुको सवाल शिक्षा मन्त्रालयसंग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

३ आश्विन २०८०, बुधबार १४:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस