यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो ।
स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ ।
स्थानीय मयअनुसार बिहान ६स्०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन् । स्थानीय अधिकारीका अनुसार भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी पीडित २८ वर्षीया एक युवतीले आफ्नी आमालाई पठाएको भ्वाइस नोटमा भनेकी छन्, ‘आमा, म तपाईंलाई धेरै माया गर्छु, हामी मर्नेवाला छौँ ।’ यी युवती आफ्ना प्रेमी र साथीहरूसँग क्लब गएकी थिइन् । उनी जीवित छन् वा छैनन् भन्ने अझै स्पष्ट भइनसकेको समाचारमा जनाइएको छ । थलठ