|  

मृत भेटिए पोर्चुगलको समुद्रमा बेपत्ता धादिङका टेकबहादुर

६ बैशाख २०८१, बिहीबार ११:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । सामुद्रिक खाना शंखजन्य जीव सेलफिस खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता भएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका ५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङ मृत अवस्थामा फेला परेका हुन् ।

मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा उनीसँगै समुद्रमा डुबेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको मृत्यु भएको थियो ।

६ बैशाख २०८१, बिहीबार ११:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस