|  

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

२७ बैशाख २०८१, बिहीबार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाण्डौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ ५ अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

२७ बैशाख २०८१, बिहीबार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस