|  

सुनको मूल्य स्थिर हुँदै चाँदीको घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

२७ असार २०८१, बुधबार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार एकसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार चारसय रूपैयाँ कायम छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार ८ सय ८५ रूपैयाँ कायम थियो ।

२७ असार २०८१, बुधबार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस