|  

‘देउवा–ओली गठबन्धनविरुद्ध सबै माओवादी एकजुट हुनुपर्छ’ : विप्लव नेकपा

२७ असार २०८१, बुधबार १२:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २६, काठमाण्डौँ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनविरुद्ध सबै माओवादीले एकजुट भएर मुकाविला गर्ने बताएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा बोल्दै नेताहरूले संविधान संशोधन गरेर समानुपातिक र समावेशी लगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै संघर्षमा पनि जाने चेतावनी दिए ।

नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तै हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने बताए ।

२७ असार २०८१, बुधबार १२:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस