|  

तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

१० जेष्ठ २०८१, बिहीबार ११:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ

 

१० जेष्ठ २०८१, बिहीबार ११:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस