|  

बाग्मती र कमला नदीमा स्नानका लागी भक्तजनको भिड

११ मंसिर २०८०, सोमबार ११:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आज पुर्णिमा स्नान रहेको छ । रौतहटको कटहरियासहित विभिन्न ठाउँका भक्तजनहरुले बाग्मती र कमला स्नानका लागी पुगेका छन् । बाग्मती र कमला स्नानका लागि छिमेकी देश भरतबाट पनि भक्तजनहरु पुगेका छन् ।

आज बिहान सूर्य नदाएसम्म लालबकैया नदि बाग्मतीसहित कमला नदिमा भक्तजनहरुको स्नान गर्नका लागी भिड लागेको छ । आज बिहानदेखि रौतहटको लालबकैया, बाग्मती, सहित धनुषाको कमला नदिको विभिन्न स्थानमा पुर्णिमा स्नानसहित भुत मेला समेत लागेको छ ।

कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भन्ने गरिन्छ । कार्तिक महिनाको शुक्लपक्षको पूर्णिमालाई ’कार्तिक पूर्णिमा’ भनिन्छ ।

धर्मशास्त्रमा कार्तिक पूर्णिमाको दिनमा गंगा स्नान गर्नुको महत्व रहेको बताइएको छ । सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्व रहेको छ । पुराणहरुमा, यस दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने कुरा उल्लेख छ ।

यसको महत्त्व केवल वैष्णव भक्तहरूको लागि मात्र नभई शैव भक्तहरू र सिख धर्मका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

कार्तिक शुक्ल पुर्णिमा दिन आज लालबकैया, बाग्मती, कमला नदीका बिभिन्न स्थानमा परम्परागत मेला लागेको छ

११ मंसिर २०८०, सोमबार ११:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस