|  

होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस् : अध्यक्ष ओली

१० चैत्र २०८०, शनिबार १६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस् भनेर शुभकामना दिएका छन् ।
शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताए ।
उनले भने, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्याउँछ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु । हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।’
यस्तै, अध्यक्ष ओलीले पर्व मनाउनको लागि अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छा विपरित रमाइलो नगर्न आग्रह गरे । होली पर्व सबै पर्वमध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उनको भनाई छ ।

१० चैत्र २०८०, शनिबार १६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस