|  

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः बालेन शाह

१० जेष्ठ २०८१, बिहीबार ११:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्ने बताएका छन् ।

काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए ।

उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए ।

१० जेष्ठ २०८१, बिहीबार ११:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस