|  

भारतसँग सिमाना जोडिएका पर्साका सीमा नाका बन्द

१० जेष्ठ २०८१, बिहीबार ११:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा पर्सि १२ गते हुने लोकसभा चुनावका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहित पर्सा जिल्लाका सीमा नाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।

जेठ १२ गते बेलुकी ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उहाँले जानकारी दिनुभयो । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

१० जेष्ठ २०८१, बिहीबार ११:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस