|  

क्रसर उद्योगमा एक युवक मृत भेटिए, अर्का एक जना घाइते

१० जेष्ठ २०८१, बिहीबार १२:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १०, धनुषा । धनुषाको क्रसर उद्योगमा एक युवक मृत्त भेटिएका छन् । गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको कमला स्टोन क्रसरमा बुधबार दिउँसो मेशिन सफा गर्ने क्रममा फित्तामा बेरिएर स्थानीय २० वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ढुंगा फोड्ने मेशिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका थिए । त्यहीं काम गरिरहेका बारा निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते रहेको उनले बताए ।

मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको डिएसपी अवाको भनाई छ । मृतक यादवको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

१० जेष्ठ २०८१, बिहीबार १२:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस