|  

सुनको भाउ एकैदिन एक हजार आठ सय रुपैयाँले घट्यो, तोलाको कति ?

१० जेष्ठ २०८१, बिहीबार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १०,काठमाण्डौँ । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ एक हजार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

१० जेष्ठ २०८१, बिहीबार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस