|  

दुईटा पासपोर्ट भएका गृहमन्त्री र संसदका महासचिवलाई कानुन लाग्दैन ?

१० जेष्ठ २०८१, बिहीबार १५:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १०, मोरङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् । अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको उनको भनाइ थियो ।

‘यो देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोज्दैछ, जबसम्म यो कुरा हामी बुझ्दैनौं आज यसलाई समायो, भोलि उलाई भनेर रमाइरहेका हुन्छौं,’ कोइरालाले विराटनगरमा बिहीबार भएको कार्यक्रममा भने, ‘यो देशमा के भइरहेको छ ? सरकार छ कि छैन ? कसरी सरकार सञ्चालन भइरहेको छ ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’

सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने पनि उनले बताएका छन् । ‘तर व्यक्ति सिरोहिया केही पनि होइन । कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु, कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ उनले भने ।

१० जेष्ठ २०८१, बिहीबार १५:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस