|  

बिहेपछि सँगै सुत्न खोज्दा मानिनन् दुलहीले, दुलाहाले गरगहना खोसेपछि हालिन् बलात्कारको मुद्दा

१० जेष्ठ २०८१, बिहीबार १६:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १०, काठमाडौँ । काठमाडौंमा एक नवविवाहित महिलाले बिहेको एक सातामै पतिविरुद्ध बलात्कार मुद्दा हालेकी छिन् ।

श्रीमान्‌ले आफ्नो असहमति हुँदाहुँदै पनि शारीरिक सम्पर्क राखेको भन्दै वैवाहिक बलात्कार मुद्दा हालेका हुन् । दुलाहाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।

त्यो जोडीको गत वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा भव्य बिहे भएको थियो ।

जापानमा १० वर्षदेखि बस्दै आएकी कमला नाम परिवर्तनले दोस्रो बिहे गरेकी हुन् । पारिवारिक चिनजान रहेका केटा सँगै प्रेम सम्बन्ध थियो । उनले नेपाल आएर उनै प्रेमीसँग बिहे गरेकी हुन् । जापानमै रहेका श्रीमाननसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो विवाह गरेकी बताइएको छ । केटाको पनि दोस्रो बिहे थियो ।
बलात्कारको उजुरी परेपछि दुलाहाले भने दुलहीले सँगै सुत्न नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको बताएका छन् । दुलाहाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको दुलहीका परिवारलाई भनेपछि मुद्दा परेको हो ।

यता दुलहीको दिदीले विवाहको दुई दिनमै दुलाहाले दाइजो र विवाह भोजको रकम मागेको आरोप लगाएकी छिन् ।

 

१० जेष्ठ २०८१, बिहीबार १६:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस