|  

तिहारको भाइमसलामा म्याद गुज्रिएका सामाग्री

२५ कार्तिक २०८०, शनिबार १६:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । तिहारको समयमा धेरै बिक्री हुने पाकेटमा राखिएको भाइमसलामा म्याद सकिएका सामाग्री प्रयोग भएको पाइएको छ ।
जिल्ला अनुगमन समितिले गरेको अनुगमनमा स्याम्पल जाँच गरिएकोमा भाइमसलामा बजारमा प्याक गरिएको छ त्यसमा म्याद सकिएका चकलेट,खान अयोग्य अन्य मसलाहरु राखेर आकर्षक प्याक गरिएको पाइएको थियो ।

धादिङका बजारहरूमा होलसेल तथा खुद्रा पसलेहरूले बिक्रीका लागि राखेको विभिन्न प्याकेटहरूमा म्याद गुज्रिएका र अखाद्य सामग्री फेला परेको हो।
दीपावलीका लागि तयार गरिएको भाइमसलामा राखिएका सामग्रीहरूको म्याद गुज्रिएको र अखाद्य वस्तु भेटिएको बजार अनुगमन समितिका सदस्यसचिव घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मेघनाथ गौतमले बताए ।

मसलाका आकर्षक प्याकेट गरिएको छ । बाहिरपट्टी राम्रो सामान राखिए पनि भित्रपट्टी हेदा सडेगलेका र म्याद सकिएको सामाग्री राखिएको पाइएपछि जिल्ला अनसुगमन समितिले केही पसलेहरुलाई कारबाही गरेको छ भने म्याद सकिएका सामाग्री जफत गरी नष्ट गरेको गौतमको भनाइ छ ।

बजार अनुगमन गरी व्यापारीहरूलाई अखाद्य वस्तु बिक्री नगर्न निर्देशन दिइएको छ। रङ प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका खानेकुरा बिक्री गरे कानुनअनुसार कारबाही हुने सूचना र जानकारी गराइए पनि व्यवसायीहरूले अटेरी समेत गरिरहेको भेटिएकोमा कारबाही भएको जिल्ला अनुगमन समितिका संयोजक हुमनाथ पराजुलीले बताए ।

अनुगमन समितिले धादिङबेँसीमै रहेको गढीमाई मिठाई भण्डार एन्ड खाजाघरलाई पाँच हजार जरिवाना गरेको छ । मिठाईमा किरा भेटिएको, अखाद्य रङ प्रयोग गरिएको र पहिले दिएको निर्देशन पालना नगरेका कारण जरिवाना गरिएको थियो ।

‘तिहारका लागि तयार गरिएका भाइमसलामा राखिएका वस्तु अखाद्य मात्र होइन बढी मूल्यमा बिक्री–वितरण गरेकोसमेत भेटिएको छ। बिल लिनेदिने नगर्ने, भाइमसलाहरू आफैँ तयार गरी महँगोमा बिक्री गर्ने, म्याद गुज्रिएका सामग्रीसमेत हालेर बिक्री गरिएको पाइयो,’ गौतमले बताए ।

मसला किन्दा र बजारका सामाग्री किन्दा रङ हालिएको नकिन्न, मूल्य सूची हेर्न र प्याकिङ अवस्था र प्रयोग अवधी भए नभएको एकिन गरेर मात्र सामान किन्न जिल्ला अनुगमन समितिले आग्रह गरेको छ ।

२५ कार्तिक २०८०, शनिबार १६:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस