|  

गजुरी गाउँपालिकामा घुम्ती शिविर सम्पन्न

१४ जेष्ठ २०७६, मंगलवार १४:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बिक्रम अधिकारी
जेठ १४, धादिङ
गजुरी गाउँपालिकाले वडा नम्बर ६ को वडा कार्यालय जरेबंगैचामा एक दिने घुम्ती शिविर संचालन गरेको छ । गाउपालिका ले आफ्नो पालिका अन्तर्गत ४,५ र ६ नम्बर वडा का नागरिक लाइ लक्षित गरि जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता परिचयपत्र बितरण गरेको हो।


शिविर मा छाती तथा खकार जाँच, गर्भवती भिडीयो जाँच, रेविज सुइ र सुगर तथा प्रेसर जाँच लगायत का स्वास्थ्य परिक्षण पनि सम्पन्न भएको छ। गजुरी गाउँपालिका का अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को प्रमुख आतिथ्यता रहेको उक्त शिविर मा उपाध्यक्ष सिता ढुंगाना र ४,५ र ६ नम्बर वडा का वडा अध्यक्ष लगाएत सरोकार वाला नागरिक हरुको उल्लेख्य सहभागिता रहेको थियो

फोटो फिचर ………




१४ जेष्ठ २०७६, मंगलवार १४:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस