|  

तीन प्रदेशमा आंशिक बदली, बाँकी भागमा सफा रहनेछ आजको मौसम

९ पुष २०८०, सोमबार ०७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक–दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

९ पुष २०८०, सोमबार ०७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस