|  

शड़खादेवि माबी मझिमटार का २० जनाले कक्षा १२ सम्म निशुल्क पढ्न पाउने

१७ जेष्ठ २०७६, शुक्रबार १९:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बिक्रम अधिकारी
जेठ १७, धादिङ
बेनिघाट रोराङ गाउँपालिका को मझिमटार स्थित शड़खादेवि माध्यामिक बिधालय का २० जना छात्रा हरु ले निशुल्क पढ्न पाउने भएका छन।
लिटिल सिस्टर फण्ड काठमाडौ को सहयोगमा सिमान्तकृत चेपाङ समुदायको ११ जना र अति बिपन्न, दलित, जेहेन्दार र पढाइमा अब्बल ९ जना गरि २० जना छात्रा हरु ले निशुल्क पढ्न पाउने भएका चेपाङ संघ का केन्द्रिय शिक्षा बिभाग प्रमुख तिलक चेपाङ ले बताउनु भयो।

बिधालय मा एक कार्यक्रम का बिच लिटिल सिस्टर फण्ड का अध्यक्ष डा. उषा आचार्य र पुर्व राजदुत डा. जयराज आचार्य ले उक्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो।
उक्त आर्थिक सहयोगमा २० जना बिद्यार्थी हरु ले कक्षा १ देखि कक्षा १२ सम्म निशुल्क पढ्न पाउने छन।
हालसम्म उक्त संस्था को आर्थिक सहयोगमा अमेरिका जापान, नेपाल र खाडीमुलुक मा २६०० जनाले निःशुल्क पढ्दै आएका छन।

१७ जेष्ठ २०७६, शुक्रबार १९:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस