|  

बाल बिवाह मुक्त वडा घाेषणा र दिगाेपना को लागि गजुरि -५ मा सामुहिक प्रतीवद्दता सहित हस्ताक्षर कार्यक्रम सम्पन्न

१७ जेष्ठ २०७६, शुक्रबार २०:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बिक्रम अधिकारी
जेठ १७, धादिङ
गजुरी गाउपालीका वडा नं.५ को सान बाल मैत्री समृद्ध वडा निमार्ण हाम्रो अभियान भन्ने मुल भारा को साथ गजुरी गाउपालिका वडा नं५ मा बाल बिवाह मुक्त वडा घाेषणा र दिगाेपनाको लागि सामुहिक प्रतीबद्दता तथा जनचेतनामूलक कार्यक्रम वडा स्तरीय बाल सञ्जाल को अायाेजना मा सम्पन्न भएको छ।
कार्यक्रममा बाल सञ्जाल अध्यक्ष भुवन भण्डारी को अध्यक्षता रहेको थियोे भने, वडा अध्यक्ष रामचन्द्र मिजार को प्रमुख अातिथ्यता रहेको थियोे ,त्यससैगरि अतिथि हरु पुर्व गा.बि.स.अध्यक्ष प्रमोद राज रुपाखेति ,वडा सदस्य एवम् बाल संरक्षण तथा सम्बर्द्धन वडा उप समिति का संयाेजक रामशरण लामिछाने , विद्यालय का,प्र.अ.,वि.व्य.स.अध्यक्ष ,बाल समुह सञ्जाल का अध्यक्ष ,महिला समूह सञ्जाल को अध्यक्ष ,प्रहरी, संघ संस्था का प्रमुखा एवम् प्रतिनिधी रहेका थिय,
त्यसैगरी कार्यक्रममा २० वर्ष मुनिको बाल बिवाह नगर्ने र नगराउने प्रतिबद्दता सहित हस्ताक्षर पनि भएको थियो । गजुरि गा.पा.वडा नं.५ मा बाल मैत्री ३९ सुचक मा ३१ सुचक पूरा भएको र अब केही समय बाकी सुचक लाई पनि पूरा गरि जेठ मसान्तसम्म बाल मैत्री समृद्ध वडा घाेषणा गर्ने अभियान रहेको छ।

 

१७ जेष्ठ २०७६, शुक्रबार २०:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस