|  

शनिबार धादिङ भर विद्युत बन्द हुने

१७ जेष्ठ २०७६, शुक्रबार २२:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १७, धादिङ
नेपाल विद्युत प्राधिकरण धादिङले धादिङ जिल्ला भरमा शनिबार विद्युत सेवा बन्द हुने जानकारी दिएको छ ।

बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मर्मत संभारका लागि नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा बन्द गर्ने बताएको छ।

नुवाकोट जिल्लाको बुधसिंंघाट देखि गल्छीसम्मको सडक छेउमा गाडेको ३३ केभी पोलहरु सार्ने कार्यका लागि जिल्ला भर विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।

१७ जेष्ठ २०७६, शुक्रबार २२:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस