|  

धादिङको ज्वालामुखी मा सवारी दुर्घटना एकको मृत्यु, तीन घाइते

१९ असार २०७६, बिहीबार १८:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ– धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ६ काउले डाडामा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँ पालिका वडा नं. ६ का ३६ वर्ष का कृष्ण बहादुर रम्तेल रहेका छन् ।
धादिङबेसीबाट सिमेन्ट लिएर काउलेडाँडा तर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक उकालो चढ्ने बेलामा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सोही वडाका २२ वर्षीय विनु सुनार, उनकी छोरी २ वर्ष की कपिज सुनार र २५ वर्षीय चालक दिवाकर ढकाल रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

१९ असार २०७६, बिहीबार १८:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस