|  

काठमाडौ इन्जिनियरिङ कलेजमा दृष्टि 2.0 भव्य रुपमा सम्पन्न । तस्बिर सहित

२३ असार २०७६, सोमबार २३:४६ प्रकाशित
उपेन्द्र जम्कट्टेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त अग्रणी कलेज काठमाडौं इन्जिनियरिङ क्याम्पसमा दृष्टि २.०’ तीन दिने प्रर्दशनी भव्य रुपमा समापन भएको छ ।असार २० २१ र २२ भयको कार्यक्रम को उद्घाटन सोही कलेजका क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य प्रा.हिरन्द्रमान प्रधान ले गर्नु भएको थियो ।
तीन दिन सम्म संचालन भएको कार्यक्रममा भाग लिन उपत्यका भित्र र बाहिरबाट सहभागीहरु आएका थिए ।इन्जिनियरिङ कलेज मात्र नभै विभिन्न +२ कलेज हरु को पनि सम्मानजनक उपस्थिति रहेको थियो । सो कार्यक्रमा मा विभिन्न संकायका नयाँ नयाँ डिजाइन तथा नया प्रोजेक्ट हरु प्रदर्शनमा राखिएका थिए। कार्यक्रममा उत्कृष्ट मोडल तथा प्रोजेक्टहरु पुरस्कृत भएका थिए।
दृष्टि 2.0 ले विद्यार्थीहरुको स्तर वृद्धि , ज्ञान र क्षमतालाइ प्रयोगात्मक रुपमा अगाडि बढाउन ठुलो मदत गरेको क्याम्पस का vice principal शैलिता मानन्धर जोशि ले जानाकारी दिनु भयो ।
विद्यार्थीहरुवाट अतिनै राम्रो सग प्रोजेक्ट र मोडेल तयार पारेको र उक्त कामलाइ उत्कृष्ट ढंगवाट प्रस्तुत गरिएकि र उक्त कामवाट उपयुक्त अबसर प्राप्त गर्ने हो भने राष्टलाई योगदान गर्न सक्ने युर्वा वर्ग नेपालमै छ भन्ने सन्देश दिन सफल भयको सिभिल बिभाग का बिभागिय प्रमुख इ.अर्जुन पौडेलले जानाकारि दिनु भयो ।
त्यस्तै कार्यक्रम फलदायी र शिक्षा मुलक भएको र कार्यक्रमले आफु हरुको हौसला बढाएको कुरा सोही कलेजम अध्यनरत प्रज्ञा पौडेलले भन्नुभयो।
साथै आफू हरु प्रथम बर्षमा अध्यन गर्दानै यस्तो कार्यक्रमा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो।
इन्जिनियरहरु बिधा क्षमता फरक इन्जिनियरिङ समुदायमा कबिता भव्य रुपमा सम्पन्न भयकोर उक्त कार्यक्रममा विभिन्न बिशिस्ट व्याक्तीहरुको उपस्थिति रहेको र यस्ता कार्यक्रम निरन्तर रुपमा गर्नु पर्ने कुरा स्वतन्त्र विद्यार्थी परिषद का सदस्य नबिन्द्र चालिसेले बताउनु भयो ।
कार्यक्रम समापन गर्दै स्वतन्त्र विद्यार्थी परिषदका सभापती पुर्ण बहादुर खड्काले सम्पुर्ण विद्यार्थी हरु र कलेजका विभिन्न संकाय का क्लब हरुलाइ कार्यक्रम सम्पन्न गर्नलाई उल्लेखनीय भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।साथै विद्यार्थी हरुको आशा हौसला अझै बढाउन आगामी बर्ष DRISTI 3.0 गरिने कुरा जानकारी गराउनु भयो ।

तस्बिर हेर्नुहोस….

२३ असार २०७६, सोमबार २३:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस