|  

कक्षा १२ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

१३ श्रावण २०७६, सोमबार ०८:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं- कक्षा १२ को नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक समेत बोलाइसकेको छ ।

बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो ।

देश भरबाट चार लाख परीक्षार्थी सहभागी भएको उक्त परिक्षा गत बैशाख मा सम्पन्न भएको थियो।

१३ श्रावण २०७६, सोमबार ०८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस