|  

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

१३ श्रावण २०७६, सोमबार १८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं, – राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्‍चालन भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । बोर्डले सोमबार नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा
वेबसाइटहरु
राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट : www.neb.gov.np
नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np
इयुजोनिक्स एजुकेसन प्रालिको वेबसाइट : www.edusanjal.com

एसएमएसबाट
नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी १६०० मा एसएमए‍स गर्ने ।
जानकी टेक्नोलोजिको ३५००१ मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१३ श्रावण २०७६, सोमबार १८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस