|  

गाउँको खोला बाट अवैध उत्खनन गर्ने एक्साभेटर हट्यो, स्थानीय मजदुर हरु खुशी

१४ श्रावण २०७६, मंगलवार १५:४१ प्रकाशित
🖋️ बिक्रम अधिकारी


धादिङ, साउन १४
खाेलामा एक्साभेटर मेसिन हटेसङ्गै मजुदुरहरूले थुन्चेमा बालुवा बाेकि अाफ्नाे जिबिका पार्जन गर्न थालेका छन।
धादिङको गजुरी ६ दरिङ्गाल खोला मा झण्डै एक महिना अघि देखि अबैध रुपमा एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने काम भएपछी स्थानीय ले प्रहरी लाई खवर गरेका थिए। खवर पाएपछि ईलाका प्रहरी कार्यलय गजुरी बाट खटिएको टोलिले गत शुक्रवार बिहान ४ बजे नुवाकोट बिदुर का ३१ बर्षिय ज्ञान बहादुर थापा लाई होण्डाइ २०० लेखिएको मेसिन सङ्गै पक्राउ गरेको थियो। तर पुनः गत आइतबार दिउँसो खोलामा मेसिन चल्न थालेपछी स्थानीय मजदुर हरु ले दुई वटा एक्साभेटर को चावी खोसेर आफ्नो कब्जामा लिएका थिए।
पटक पटक प्रहरी आएर मेसिन पक्रीदा समेत उक्त कार्य नरोकिए पछि सोमबार स्थानीय ले जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिएको भन्दै गजुरी गाउँपालिका वडा नं ६ दरियाँल खोला आसपासका स्थानीयहरु गुहार माग्दै जिल्ला प्रशासन कार्यलय धादिङ पुगेका थिए।
उनीहरुले खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरि सार्वजनिक जमिन तथा खोलाहरुमा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएका हुन ज्ञापनपत्र बुझाए सङ्गै खोलाबाट पुर्ण रुपमा एक्साभेटर हटेका हुन।
एक्साभेटर हटेसङ्गै अहिले मजदुरहरू निकै खुशि हुँदै बालुवा बाेक्न थालेका छन।

१४ श्रावण २०७६, मंगलवार १५:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस