|  

वडा कार्यालयमा बम विस्फोट, कागजपत्र सबै जलेर नष्ट

१५ श्रावण २०७६, बुधबार १०:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन १५, धादिङ
मंगलबार राती ११:४५ बजेको समयमा नुवाकोट स्थित ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।
बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ ले बताए।
श्रेष्ठका अनुसार रातको समयमा आएका ५,६ जनाको समूहले कार्यालयमा तोडफोड गरेर सम्पुर्ण कागजपत्र, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

१५ श्रावण २०७६, बुधबार १०:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस