|  

आजको बढ्दो महङ्गी र यसले पारेको असर

१९ श्रावण २०७६, आईतवार ११:२८ प्रकाशित
बिक्रम अधिकारी

धादिङ


आज हाम्रो देशमा अरु सामाजिक, शैक्षिक समस्या जस्तै महङ्गी ले सबै भन्दा बढी उग्र र चर्को रुप लिएको छ। यसले डरलाग्दो रुप धारण गरेको हुँदा नेपाली जनतामा हाहाकार को स्थिति पैदा गरेको छ।

वर्तमान समयमा भएको अभुतपुर्व मुल्यवृद्धि ले जनताको ढाँड भाँचेको छ र दैनिक जीवन धान्न कठिनाइ उत्पन्न भएको छ। आज सर्वसाधारण जनताको जीवन दु:ख र बिलौना को पर्यायवाची का रुपमा रुपान्तरित भएको छ।
देशमा बेरोजगार को स्थिति कायमै छ यद्यपि सरकारले भने यति उति युवालाइ रोजगार दिने भन्दै विभिन्न आशामुखी योजना हरु नल्याएको भने होईन। स्वदेश मा रोजगार को स्थिति सिर्जना नहुँदा कयौं दक्ष जनशक्ति बिदेश पलायन हुने क्रम बढ्दै गएको सर्बबिदितै छ। महङ्गी को उच्च भार थेग्न नसकेकै कारण बिदेशिएका नेपाली हरुलाइ स्वदेश मै विभिन्न कलकारखाना हरु स्थापना गर्ने, स्वरोजगार मुखी कार्यक्रम हरु लागू गर्ने र देशका दक्ष जनशक्ति लाई आफ्नै देशमा परिचालन गर्ने हो भने राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ।

सरकारी जागिरे लाई दैनिक जीवन धान्न खासै कठिनाइ नहोला। उच्च ओहोदा को ब्यक्ति, दुई नम्बरी गर्ने हरु, दलाली, अनि भ्रष्टाचारी हरु जो कुनै टेण्डर हात पारि
मोटो रकम हात पारेर छोटो समयमै गगन चुम्बी घर ठडाउन मायिर हरु लाई आजको यो महङ्गी ले कुनै असर गर्दैन। असर ती ब्यक्ति लाई परेको छ जसले बिहान देखि बेलुका सम्म आफ्ना दशनङ्रा खियाउन बिबस छन। बर्सात को भेल नभनी खोला किनार मा आफ्नो ज्यान को बाजि लगाएर बालुवा निकाल्ने मजदुर लाई रुवाएको छ महङ्गी ले। बर्षौ देखि न्यून ज्यालामा फलामको काम गर्दै आएका कामी दाइ देखि भोको पेटको लागि काजी को खेत जोत्न बिवस हलि दाइ सम्म लाई उत्तिकै मार मा पारेको छ।

आफ्ना सन्तानको खुशिको लागी परदेश को भुमिमा उच्च गर्मीमा खतरनाक मेसिन सङ्ग जुद्दै गरेका हरुको लागि मात्र होइन बर्ष भरी खेती गरेर बजार भाउ नपाए पछि पुनः अर्को बर्ष को आश गरेर बस्ने किशान हरुलाइ नराम्ररी अत्त्याएको छ आजको महङ्गी ले।
हरेक उपभोग्य सामग्री को बजार भाउ आकासिएको छ। बढ्दो कर ले गर्दा जनता मार मा परेका छन। देशमै केही गर्छु भनेर स्वरोजगार बन्न खोजेका हरु आंसिक अलवा सन्तोसजनक छैनन् । बिदेशी भुमिमा सीप सिकेर अनेकौं सपना हरु बुनेर ब्यबसाय शुरु गरेका हरु चुर्लुम्म नडुबेका होइनन्।

गाउँमै केही गर्छु भनेर ब्यबसाय सुरु गरेका हरु उत्पादित बस्तुले बजार नपाउँदा निराश बनेका छन। पछिल्लो समय बिचौलिया को कारण हरेक ब्यबसाय गर्ने हरु उमो लाग्न सकेका छैनन्।
स्कुले बिध्यार्थी, किसान, मजदुर, श्रमजीवी लगाएत समग्र देशबासी महङ्गी को चपेटा मा परेका छन। बेरोजगारी, अशिक्षा लगाएत का कारण चोरी, डकैती लुटपाट, हत्याहिंसा जस्ता जघन्य अपराध जस्ता घटना घटिरहेका छन।
सरकारी तवर बाट मूल्य समायोजन गरि देशमा रोजगारी को सिर्जना गर्नु आजको आवश्यकता हो। जनतामुखी विभिन्न कार्यक्रम ल्याएर मात्र हुदैन ती कार्यक्रम कार्यनयन पक्ष फितलो हुँदा योजनाहरु तेसै तुहिएका छन। यसमा सरकारी पक्षको समयमै ध्यान जानू जरुरी छ। हुने खाने मात्र होइन हुँदा खाने हरुले पनि सुख को अनुभुती गर्न सकुन।

बिक्रम अधिकारी
     धादिङ

१९ श्रावण २०७६, आईतवार ११:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस