|  

४० जना यात्रु सहित काठमाडौ तर्फ जादै गरेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु

२४ श्रावण २०७६, शुक्रबार ०६:४८ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ, साउन २४
पृथ्वीलोकमार्ग अन्तर्गत पर्ने धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटमा शुक्रबार बिहान साढे ३ बजेतिर बस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रीबस दुर्घटना भएको हो ।

४० जना यात्रु बोकेको बसमा अहिले सम्म १२ जनाको मात्र उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । अप्ठ्यारो ठाउँमा बस खसेका कारण उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । थप विवरण बाँकी छ ।

तस्बिर: सिताराम अधिकारी

२४ श्रावण २०७६, शुक्रबार ०६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस