|  

बेनिघाट रोराङ मा गाउँपालिका स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

२९ श्रावण २०७६, बुधबार २०:४२ प्रकाशित
प्रदेश हब न्युज डेक्स


साउन २९, धादिङ
चन्द्रोदय माध्यमिक बिधालय बिशालटार मा माध्यमिक र आधारभुत तहको पालिका स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता बुधबार सम्पन्न भएको छ।
बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत का ११ वटा बिधालय सहभागी भएको उक्त प्रतियोगितामा माध्यमिक तर्फ चन्द्रोदय माध्यमिक बिधालय बिशालटार प्रथम, राइजिङ स्टार बोर्डिङ स्कुल चरौदि दोस्रो र बागेश्वरी माध्यमिक बिधालय रिचोकटार ले तृतीय स्थान हात पारेका छन।

त्यसैगरी १६ बिधालय सहभागी रहेको आधारभुत तह अन्तर्गत बागेश्वरी माध्यमिक बिधालय रिचोकटार प्रथम, चन्द्रोदय माध्यमिक बिधालय बिशालटार दोस्रो र बेनि शिक्षा सदन बेनिघाट बजार तृतीय भएको छ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्न सफल बिधालय हरुलाइ शैक्षिक सामग्री द्वारा पुरस्कृत गरिएको छ।

बेनिघाट रोराङ गाउँपालिका को आर्थिक सहयोग तथा चन्द्रोदय माध्यमिक बिधालय को संयोजन मा सम्पन्न भएको कार्यक्रम मा गाउँपालिका का शिक्षा अधिकृत बोधराज पाठक को सभापतित्व तथा प्रशासकिय अधिकृत गोबिन्द भट्टराई को प्रमुख आतिथ्यता रहेको शड़खादेवि मावि मझिमटार का शिक्षक तिलक चेपाङ ले प्रदेश हव डटकम लाई बताउनु भयो।

२९ श्रावण २०७६, बुधबार २०:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस