|  

गजुरी गाउँँपालिकामा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न 

२३ भाद्र २०७६, सोमबार ०६:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी / गजुरी, २२ भाद्र ।

       गजुरी गाउँपालिकामा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आईतबार अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको अवसरमा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।“हामी सबैको प्रण,सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण“ भन्ने मुल नाराका साथ अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस(सेप्टेमवर ८, २०१९) तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिका भित्र रहेका माध्यमिक तह ९ वटा विद्यालयका १७ जना विद्यार्थीहरूका बीच “गुणस्तरीय शिक्षामा स्थानीय सरकारको भूमिका“ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सहभागी विद्यालयहरू मध्येबाट आदर्श माध्यमिक विद्यालयका श्री अपेक्षा ढुङ्गानाले प्रथम, श्री मुनाल एकेडेमीका श्री ज्योती थपलियाले दितीय र श्री सुजन श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा सहभागी पुरस्कृत विद्यार्थीहरूलाई गजुरी गाउँपालिकाका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । साथै सो अवसरमा २०७७ असार भित्रमा अनिवार्य अवकाश पाउनु हुने शिक्षकहरू छेपाङ आ.वि. का प्र.अ. बाबुराम पन्त, पत्तालिनी आ.वि.का सूर्यप्रसाद न्यौपाने, मानेभञ्ज्याङ आ.वि.का ओमनाथ तिमलसीना तथा थुम्कीडाँडा आ.वि.का मनोजकुमार महतोलाई सम्मान गरिएको थियो । यसै गरि एस.इ.इ परीक्षा तथा आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा २०७५ मा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा निजी विद्यालयका १÷१ जना छात्र÷छात्रालाई समेत सम्मान गरिएको थियो ।

२३ भाद्र २०७६, सोमबार ०६:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस